close

व्यक्तिगत घटना दर्ता अनलाइनबाटै

व्यक्तिगत घटना दर्ता अनलाइनबाटै

Trulli
ADVERTISEMENT

अछाम -  जिल्ला सदरमुकामसमेत रहेको मंगलसेन नगरपालिकाले व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीबाट सुरु गरेको छ । नगरको वडा नम्बर– ४ बाट अनलाइन घटना दर्ता सुरु गरिएको हो ।


विद्युतीय शासन प्रवद्र्धनमा जोड दिने लक्ष्यसहित व्यक्तिगत घटना दर्तालाई अनलाइन प्रणालीमार्फत गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

तत्कालका लागि इन्टरनेटको पहुँच पुगेका वडामा अनलाइन प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता गरिने र आगामी दिनमा अन्य वडामा पनि बिस्तार गरिने नगरपालिकाले बताएको छ । 


अनलाइन प्रणाली अन्तर्गत जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै नगरप्रमुख पदमबहादुर बोहराले वडानम्बर–४ बाट  अनलाइन प्रणालीमार्फत घटना दर्ता सुरु गरिएको बताए । 


नगरमार्फत प्रवाह हुने सबै प्रकारका सेवालाई छिटोछरितो र प्रभावकारी बनाउन अनलाइन प्रणाली प्रभावकारी हुने उनको विश्वास छ । 


बाँकी रहेका वडामा पनि इन्टरनेटको पहुँच विस्तार गरी अनलाइन घटना दर्तालाई व्यवस्थित बनाइने नगरप्रमुख बोहराको भनाइ छ ।