close

नगरवासीको घरमै पुगेर मेयरले भनेः ‘गेट वेल सुन !’

नगरवासीको घरमै पुगेर मेयरले भनेः ‘गेट वेल सुन !’

Trulli
ADVERTISEMENT

ललितपुर– कोरोनाको लक्षण नदेखिएका संक्रमित घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । समिति संक्रमित देखिदा एम्बुलेन्स लिएर संक्रमितका घरघरै पुग्ने स्वास्थ्य मन्त्रालय अहिले ‘साध्य नलागेको’ भन्दै घरमै उपचार गराउन भनिरहेको छ । 

 

संक्रमितलाई ढाडस दिने कोहीपनि नभएका बेला ललितपुर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायतको टोली भने यतिवेला संक्रमितको घरघरमै पुगेर स्वास्थलाभको कामना गर्न थालेको छ । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन बुधबार बिहानै हरिसिद्धि पुगे । साथमा थिए्, महानगरका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइराला, ललितपुर महानगरपालिका कोभिड फोकल पर्सन देवी गुरुङ र केस इन्भेटिगेसन कन्ट्याक ट्रेसिङ (सिआइसिटी)को समूह । 

 

हरिसिद्धीमा कुनै सभा, सम्मेलन , शिलान्यास, उद्घाटन केही थिएन । नगरप्रमुख सहितको त्यो समूह त्यहाँ कोभिड संक्रमणका कारण होम आइसोलेसनमा बसेकी युवतीलाई हौसला बढाउन पुगेका थियो । त्यहि क्रममा युनिसेफले उपलब्ध गराएको डिग्निटी किटमा महानगरपालिकाले केही सामग्री थपेर संक्रमितलाई प्रदान गरेको गर्यो । 

 

मास्क, पन्जा लगाएका प्रमुख महर्जनले किट दिदैं भने, ‘ म यहाँको स्वास्थ्य लाभको कामना गर्न आएको हुँ , आराम गर्नुस्, अप्ठ्यारो पर्दा महानगर यहाँ र यहाँको परिवारलाई सहयोग गर्न तत्पर छ ।’ घरको आँगनमा उभिएका उनले संक्रमितको परिवारको कुरा ध्यान दिएर सुने । चिकित्सक र स्वास्थ्यकर्मीले सुझाएको स्वास्थ्य सर्तकता अपनाउन अनुरोध गरे । उक्त किटमा महानगरले सिटामोल र जीवनजल थपेर संक्रमितलाई दिएको थियो । 

 

उपप्रमुख गीता सत्यालले सन्त्वना दिदैं भनिन्, ‘आत्मबल बढाउनुस् , तपाई छिट्टै निको हुनुहुनेछ ।’ संक्रमितको कुरा ध्यान दिएर सुनेकी उनले कोभिडसँग लड्न आत्मविश्वास र सतर्कता आवश्यक भएकोे बताइन् । वडा २८ का वडा अध्यक्ष राजेश महर्जनले होम आइसोलेसनमा बसेकी युवतीलाई हौसला प्रदान गरे । 

 

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले स्वास्थ्यलाभको कामना गरे । उनले छिटो निको भएर महानगरपालिका आउन अनुरोध समेत गरे । 

 

कोभिड संक्रमितका लाथि थप पोषण आवश्यक पर्ने भएकाले उक्त किटमा पोषण युक्त पीठो थप्ने महानगरपालिकाले जनाएको छ । उक्त पीडो नेपाल युथ फाउण्डेसनले उपलब्ध गराउन लागेको हो । महानगरपालिकाका अनुसार महानगरभित्र तीन सय जना संक्रमित होम आइसोलेसनमा छन् । 

 

१ असोजदेखि संक्रमण देखिएकालाई डिगनिटी किट दिइएको हो । किट प्रदानको सुरुवात प्रमुख र उपप्रमुखबाट गरिएको उल्लेख गर्दै  अन्य संक्रमितलाई वडा मार्फत महानगरले जनाएको छ । उक्त किटमा स्यानिटाइजर, पानी शुद्धिकरण गर्ने औषधि पियु्स, भाडा माँझ्ने साबुन, मास्क, थर्मोमिटर छन् । महिलालाई दिइने किटमा भने स्यानिटरी प्याड राखिएको छ ।