close

जनप्रतिनिधिको ५० प्रतिशत तलबभत्ता कोरोना उपचारमा

जनप्रतिनिधिको ५० प्रतिशत तलबभत्ता कोरोना उपचारमा

Trulli
ADVERTISEMENT

तुलसीपुर उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेले जनप्रतिनिधिको ५० प्रतिशत सेवा–सुविधा कोरोना संक्रमणको उपचारमा लगाउन आग्रह गरेका छन् । कोरोना संक्रमणका कारण देशको अर्थतन्त्र कठिन अवस्थामा पुगेको भन्दै नगरप्रमुख पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन् ।

हाल तुलसीपुर उपमहानगरका जनप्रतिनिधिले १ महिनाको शतप्रतिशत सेवा–सुविधा कोरोना उपचारमा सहयोगस्वरुप उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । 

‘कोरोनाले आर्थिक र स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव कम गर्नका लागि जनप्रतिनिधिको ५० प्रतिशत, स्वास्थ्य र सुरक्षाकर्मीबाहेकका कर्मचारीको तलब २५ प्रतिशत कटौती गरौं,’ नगरप्रमुख पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।

तलब कटौती गरेको रकम अस्पताल निर्माण, मल कारखाना स्थापना र कृषि तथा खाद्यान्न उत्पादन, रोजगारी सिर्जनामा लगाउनसमेत उनको सुझाव छ ।