close

अर्ग्यानिक वस्तु बेच्ने पसललाई नगरपालिकाले सहयोग गर्ने

अर्ग्यानिक वस्तु बेच्ने पसललाई नगरपालिकाले सहयोग गर्ने

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - जिल्लाको मुसिकोट नगरपालिकाले अर्ग्यानिक उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ । नगरमा अर्ग्यानिक उत्पादनलाई प्रवर्द्धन गर्न अर्ग्यानिक अर्थात प्रांगारिक उत्पादन बेच्ने पसल संचालन गर्न नगरपालिकाले सहयोग गर्ने भएको हो । 


बजारमा अर्ग्यानिक उत्पादन पाइने पसल संचालन गर्ने सहकारी वा व्यक्तिलाई सहयोग गर्ने गरी नगरपालिकाले कार्यक्रम बनाएको हो । अर्ग्यानिक उत्पादनलाई प्रवर्द्धन गर्ने कार्यक्रमअन्तर्गत बजारमा अर्ग्यानिक उत्पादन पाइने पसलहरू संचालन गर्न स्थानीय समुदाय वा सहकारीलाई सहयोग गर्ने नीति बनेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । 

 

उनका अनुसार नगरमा अर्ग्यानिक कृषि उत्पादन प्रवर्द्धन गर्न भकारो सुधार, जैविक मल प्रयोग, करार खेती र सहकारी खेतीलाई प्रभावकारी रूपमा संचालन गर्ने पनि नगरपालिकाको तयारी छ ।

 

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसलाई समेटिएको र कार्यविधि बनाएर यो कार्यक्रम संचालन गरिने उनको भनाइ छ । त्यस्तै, नगरपालिकाले चालू आर्थिक वर्षमा कृषिजन्य वस्तुहरू उत्पादन तथा बिक्री समूह, कृषि फार्म तथा सहकारीका लागि नगरप्रमुख कृषि प्रोत्साहन कार्यक्रम संचालन गर्ने भएको छ । 

 

कृषि बीमा, बाँझो जग्गा उपयोग प्रोत्साहन, एक घर एक करेसाबारी, कृषि पकेट क्षेत्र निर्धारण, कृषिमा आधुनिकीकरण, आधुनिक शीत भण्डारण स्थापना, कृषिमा आधारित उद्योगलाई प्रोत्साहन र सिँचाइका कार्यक्रम संचालन गर्नुका साथै नगर कृषि शाखालाई प्रविधिमैत्री बनाउने कार्यक्रम पनि नगरपालिकाले बनाएको छ ।