close

ज्येष्ठ नागरिकलाई दशैं कोसेलीः ब्ल्याङ्केट र हर्लिक्स

ज्येष्ठ नागरिकलाई दशैं कोसेलीः ब्ल्याङ्केट र हर्लिक्स

Trulli
ADVERTISEMENT

सप्तरी–  सप्तरीको सप्तकोशी नगरपालिकाले २ सय जना अशक्त ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर सम्मान गरेको छ ।

नागरिक र जनप्रतिनिधिबीचको सम्वन्धलाई अझ प्रगाढ वनाउने र अशक्त भएर घरमै वसेका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान अन्तर्गत यो कार्यक्रम संचालन गरिएको उपप्रमुख आशा चौधरीले जानकारी दिइन् ।

नगरप्रमुख उत्तम कुमार गौतम, उपप्रमुख चौधरी, कार्यपालिका सदस्य कालुराम विष्ट लगायका जनप्रतिनिधिहरु घर घरमा पुगेर उनीहरुसँग भेट गरे । भेटका क्रममा हरेकलाई एक थान ब्ल्याङ्केट, हर्लिक्स तथा फलफुल पनि उपलब्ध गराईएको थियो ।


सोही क्रममा उनीहरुको स्वास्थ्य जाँच समेत गरिएको उपप्रमुख चौधरीले वताइन् । अधिकांश व्यक्तिलाई ब्लडप्रेसर, छाला सम्वन्धि रोग, ग्याष्ट्रिक, दमलगायतका समस्या देखिएको उनको भनाइ छ ।


प्रमुख गौतमका अनुसार सप्तकोशी नगरपालिका –१ का २७, २ का १७, ३ का २५, ४ का ११, ५ का १०, ६ का ७, ७ का ११, ८ का २७, ९ का २७, १० का २१ र ११ का १७ जना अशक्त ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।