close

दानचुलीका गाउँमा धुँवारहित चुल्लो

दानचुलीका गाउँमा धुँवारहित चुल्लो

Trulli
ADVERTISEMENT

हुम्ला– अदानचुली गाउँपालिकाले २४० घर धुरीलाई सुधारिएको धुवाँ रहित चुल्हो निःशुल्क वितरण गरेको छ ।


सरकारले अघि सारेको दिगो विकास लक्ष्य अनुसार गाउँपालिकालाई आगामी तीन वर्ष भित्रमा धुँवा रहित गाउँपालिका घोषणा गर्ने योजना अनुसार गाउँपालिकाको वडा नम्बर १ का सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो वितरण गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।


‘परम्परागत चुल्होका कारण महिलाको स्वास्थ्यमा नराम्रो असर परेको पालिकाले गरेको अध्ययनले देखाएको छ’, अध्यक्ष फडेरलाले भने, ‘परम्परागत चुल्होमा खाना पकाउँदा महिलामा पर्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वडा नम्बर १ कल्खेका तीन गाउँलाई हामीले धुवाँरहित चुल्हो वितरणको काम शुरु गरेका हौं ।’


अदानचुली गाउँपालिका, खानोपनी, सिंचाई तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा गाउँपालिकाले वडा –१ कल्खेका तीन गाउँबाट सुधारिएको चुल्हो वितरणको काम थालनी गरेको अदानचुली १ का वडा अध्यक्ष रग्या थापाले बताए ।
पालिकाकले हरेक वर्ष विनियोजन गरेको वडाको बजेटलाई हामीले विभिन्न निकायसँगको सहकार्यमा सुधारिएको चुल्हो खरिद गर्ने कार्यलाई अघि बढाएको वडाअध्यक्ष थापाले बताए ।


चुल्हो वितरण कार्यमा वडालाई सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिएका थापाले गएको आर्थिक वर्षको वडाको चार लाख रकम लगाएको र केही रकम दिन बाँकी रहेको जानकारी दिए ।


गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्यक्रमबाट ५ लाख रकम र खानेपानी, सिंचाई तथा जलस्रोत कार्यालयको साढे ५ लाखको लागतले चुल्हो खरिद र ढुवानी गर्ने काम भएको हो । अपुग रकम चालू आर्थिक वर्षको कार्यक्रमबाट समेत व्यवस्था गर्ने र सबै सरोकारवाला निकायसँगको समन्वयमा वडालाई धुँवारहित मुक्त वडा घोषणा गर्ने जानकारी दिए ।


प्रति चुल्हो खरिदमा नौं हजार पर्ने भएपनि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत  (४ हजार ५ सय) अनुदानमा उक्त चुल्हो खरिद गरिएको हो । काठमाडौंमा तयार भएका चुल्हो सुर्खेतबाट बाजुरा हुँदै स्थलमार्गबाट बुधबार अदानचुली आइपुगेको हो ।


पहिलो पटक वडाका सबै नागरिकलाई पुग्ने गरेर सुझारिएका धुँवा रहित चुल्हो वितरण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।  वडाको बजेट अब सबै नागरिकका घरघरमा र भान्सामा पुग्न थालेको भन्दै महतारागाउँका प्रेमबहादुर महताराले खुसी हुँदै भने, ‘यो अभियान अदानचुलीकालाई मात्रै नभएर समग्र जिल्लाका पालिकाका लागि राम्रो पाठ हो ।’