close

वीरेन्द्रनगरका ३ वटा वडामा मेलमिलाप केन्द्र

वीरेन्द्रनगरका ३ वटा वडामा मेलमिलाप केन्द्र

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले वडा नम्बर १, २ र १३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । वडामा हुने विवाद मेलमिलापमार्फत समाधान गरी सामुदायिक मेलमिलाप कायम गर्न वडास्तरमै मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

 

नगरपालिकाका १६ वटै वडामा ६-६ जना मेलमिलापकर्ता छनोट गरी उनीहरूलाई तालिम दिइएको उपप्रमुख एवं न्यायिक समिति संयोजक मोहनमाया ढकालले जानकारी दिइन् । ‘सबै वडामा मेलमिलापकर्ता छनोट गरिसकिएको छ । बाँकी वडामा पनि छिट्टै मेलमिलाप केन्द्र स्थापना गर्दै छौँ’, उपप्रमुख ढकालले भनिन् ।

 

न्यायिक समितिको कार्य सम्पादन सहज बनाउन र न्यायमा सहज पहुँच स्थापना गरी सामुदायिक मेलमिलाप र शान्ति कायम गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको उनको जिकिर छ । उनका अनुसार वडामा आउने विवाद मेलमिलापका माध्यमबाटै समाधानका लागि मेलमिलाप केन्द्रले काम गर्नेछन् । 


न्यायिक समितिमा आएका मेलमिलाप गर्नुपर्ने विवादसमेत सम्बन्धित वडाका मेलमिलाप केन्द्रमा पठाइने ढकालले बताइन् । घरायसी, जग्गाी, विवाह दर्ता, जन्म दर्ता नगरिदिएको, साँधसीमा मिचिएको, छाडा पशुले बालीनाली नष्ट गरेकाजस्ता विवाद मेलमिलापबाट समाधान गर्ने अधिकार न्यायिक समितिलाई छ । 


यस्तै, न्यायिक समितिलाई मेलमिलाप गराउने र न्यायिक निरोपण गर्ने अधिकार पनि छ । हाल वीरेन्द्रनगरको न्यायिक समितिमा ज्याला मजदुरी ठगी गरेको, जग्गा विवाद, साँधसीमा मिचिएको, घरायसी विवादलगायत बढी आउने गरेको न्यायिक समिति संयोजक ढकालले जानकारी दिइन् ।