close

शिवराजले बाँड्यो सुनौला हजार दिनका आमालाई पौस्टिक आहार

शिवराजले बाँड्यो सुनौला हजार दिनका आमालाई पौस्टिक आहार

Trulli
ADVERTISEMENT

कपिलवस्तु(शिवराज)- कपिलवस्तुको शिवराज नगरपालिकाले नगरभित्रका गर्भवती एवं सुत्केरी आमालाई पौस्टिक आहार वितरण गरेको छ ।


शिवराजका ११ वटा वडाका ३० जनाका दरले सुनौला हजार दिनका ३०० जना आमालाई उपहारको रूपमा पौस्टिक आहार वितरण गरिने बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालिका कमला काप्लेले बताइन् ।


उपहारस्वरूप १३ लिटरका खानेपानी फिल्टर, पोषण झोला चामल, चना, नुन, घ्यु, अन्डा, सरसफाइ किट टाबेल, टुथपेस्ट, काइँयो, नेलकटर, बिउबिजन, ५ लिटरको हजारी वितरण गरिनेछ । 


बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात् जन्मिएको २ वर्षसम्म बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले सुनौला हजार दिनअन्तर्गतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो ।


कार्यक्रम बच्चामा कुनै पनि किसिमको कुपोषण देखा नपरोस् भनेर सञ्चालन गरिएको हो भने लक्षित वर्गलाई सामग्री वितरण गरिएको शिवराजकी उपप्रमुख शिवकुमारी थारुले बताइन् । 


विश्वमा ५ वर्षमुनिका ४५ प्रतिशत बालबालिकाको कुपोषणले मृत्यु हुने गरेको अध्ययनले देखाएकाले सुनौला हजार दिनका आमाहरूलाई पोषणयुक्त सामग्री र सुत्केरीलाई उपहार वितरण गरिएको उनको भनाइ छ ।


कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य शान्ता सेन, कृषि शाखा अधिकृत शान्तिमाया अधिकारीलगायत उपस्थित थिए ।