close

दोभान बजारका अग्निपीडितलाई मैवाखोलाको झन्डै ६ लाख सहयोग

दोभान बजारका अग्निपीडितलाई मैवाखोलाको झन्डै ६ लाख सहयोग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दोभान बजारका अग्निपीडितका लागि ५ लाख ७८ हजार ५ सय १२ रुपैयाँ सहयोग गरेको छ । गाउँपालिका उपाध्यक्ष कौशिला थत्लुङले मेरिङ्देनका अध्यक्ष गणेशबहादुर लिम्बूलाई पालिका कार्यालय पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरिन् ।


मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले छिमेकी पालिकाका अग्निपीडितका लागि सहयोग गर्ने कार्यपालिकाको निर्णयअनुसार यो रकम मेरिङ्देनको केन्द्र सान्थाक्रा पुगेर हस्तान्तरण गरिएको जानकारी दिए । 

 

मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेका अनुसार मैवाखोला गाउँपालिकाले सहयोग गरेकोसहित अहिले गाउँपालिकाको प्रकोप व्यवस्थापन खातामा १ करोड ५ लाख रुपैयाँ जम्मा भएको छ ।


सहयोग हस्तान्तरण कार्यक्रममा मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेसहितको उपस्थिति थियो । गत १८ फागुन २०७७ मा मेरिङ्देन गाउँपालिका वडा नम्बर ३ खाम्लुङस्थित दोभान बजारमा भएको आगलागीबाट ५० घर जलेर नष्ट भएका थिए भने ४० करोड रुपैयाँ बढीको क्षति भएको थियो ।