close

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई घोराहीको राहत

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई घोराहीको राहत

Trulli
ADVERTISEMENT

दाङ– दाङको घोराही उपमहानगरले कोरोनाबाट परिवार गुमाएका आफन्तलाई राहत वितरण गरेको छ । उपमहानगरभित्र बस्ने प्रभावित परिवारलाई राहत वितरण गरिएको हो । 

 

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले कोभिडका कारण मृत्यु भएका परिवारको घाउमा मल्हम लगाउने काम गरेको बताए । आफन्त गुमाउनुपरेको पीडामा केही सहयोग मिलोस् भनेरै उपमहानगरले राहतको कार्यक्रम राखेको नगरप्रमुख चौधरीले जानकारी दिए । 


घोराही उपमहानगरभित्रका स्थायी बसोबासीलाई राहत वितरण गरिएको हो । राहत कार्यक्रम नगरसभाबाट पारित गरिएको थियो । आवश्यक कागजपत्र पुगेका ५४ परिवारका सदस्यलाई ५० हजारका दरले चेक हस्तान्तरण गरिएको हो ।

 

नगरप्रमुख चौधरी, उपप्रमुख सितासिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले मृतकका परिवारलाई चेक हस्तान्तण गरे । घोराहीमा मात्र कोरोनाबाट मृत्यु भएकाको संख्या १०४ रहेको फाइल तयार भएको नगरप्रमुख चौधरीले बताए । 


बाँकीलाई पनि क्रमशः राहत विरण गर्दै जाने उनको भनाइ छ । कतिपय घोराहीमा बस्दै आए पनि स्थायी बसोबास अन्यत्रै भएकाले राहत नपाउने उनले जानकारी दिए । मृत्यु हुनुअघि अन्यत्रबाट बसाइँसराइ लिएका जोकोहीलाई राहत विरण गरिनेछ । नगरप्रमुख चौधरीले अहिले पनि कोरोनाको जोखिम रहेकाले सतर्क रहन आग्रह गरे ।