close

गौर नगरपालिकाले बाँड्यो ज्येष्ठ नागरिकलाई कम्बल

गौर नगरपालिकाले बाँड्यो ज्येष्ठ नागरिकलाई कम्बल

Trulli
ADVERTISEMENT

रौतहट– रौतहट सदरमुकाममा रहेको गौर नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका ७० वर्ष उमेरमाथिका वृद्धावृद्धालाई नगरप्रमुख अजयकुमार गुप्ताले सम्मानसहित कम्बल वितरण गरे । घरपरिवारका सदस्यले वृद्ध बाआमालाई सम्मान गरुन् भन्ने हिसाबले नगरपालिकाले अभियान सुरु गरेको नगरप्रमुख गुप्ताले जानकारी दिए ।

 

गौर नगरपालिका वडा नम्बर ७ स्थित सिसावामा आयोजित कार्यक्रममा नगरप्रमुख गुप्ताले ज्येष्ठ नागरिकलाई सम्मानितसहित न्याना कम्बल वितरण गरे नगरभित्रका करिब २ हजार बढी संख्याका जेष्ठ नागरिकलाई नगरपालिकाले कम्बल, हर्लिक्स, लाइट, दोसल्ला वितरण गरेको हो । वडाध्यक्ष मजहर खाँको अध्यक्षतामा भएको कार्यक्रममा १०६ ज्येष्ठ नागरिकलाई ती सामग्री दिइएको थियो ।