close

अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई सिरक वितरण

अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई सिरक वितरण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका– २ ले वडाभित्रका अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको छ । चिसो मौसममा अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्य राखेर वडा कार्यालयले सिरक वितरण गरेको जनाएको छ ।

 

वडाभित्रका अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक गरी ८४ जनालाई न्यानो सिरक वितरण गरेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष मोहन न्यौपानेकाअनुसार सिरक प्राप्त गर्नेमा २२ जना अपाङ्गता भएका (अशक्त) र ७५ वर्षमाथि उमेर समूहका ६२ जना वडावासी जेष्ठ नागरिक लाई सो सिरक वितरण गरिएको हो ।

 

वडाको योजनाअन्तर्गतको एकलाख ५० हजार रुपियाँ बजेट खर्च गरेर सिरक वितरण गरिएको वडाध्यक्ष न्यौपानेले बताए । न्यानो सिरक वितरणले अपाङ्गता र उमेरका कारण शारीरिक अवस्था कमजोर बन्दैगएका जेष्ठ नागरिकलाई चिसो मौसममा राहत पुग्ने विश्वास राखिएको न्यौपानेले बताए ।

 

अत्यधिक चिसो बढिरहेको समयमा न्यानो कपडा सिरक पाएपछि लाभग्राहीमा खुशी छाएको पाइएको छ । न्यानो सिरक पाउनेमा कतिपय विपन्न परिवारकासमेत भएकाले राहतको महशुस गरेको बताए । सिरक वितरण कार्यक्रम फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतको उपस्थितिमा भएको वडा कार्यालयले जनाएको छ ।