close

नगरपालिकाले किसानलाई बाँड्यो गाईभैंसीको ‘ओछ्यान’

नगरपालिकाले किसानलाई बाँड्यो गाईभैंसीको ‘ओछ्यान’

Trulli
ADVERTISEMENT

बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकाले गाईभैंसीलाई न्यानो ओछ्यान  वितरण थालेको छ । नगरपालिकाको पशु विकास शाखाले गाईभैंसीलाई ओछ्याउन १ सय ९८ वटा ‘काऊ म्याट’ वितरण गरेको हो ।

 

पचास प्रतिशत अनुदानमा यहाँका २१ व्यावसायिक कृषक फर्महरुले ‘काऊ म्याट पाएका हुन् । यसले चिसोमा गाईभैंसीलाई न्यानो पार्नेछ । नगरपालिका पशु विकास शाखा प्रमुख इन्द्रबहादुर खड्काले किसानलाई पशुपालन व्यवसायमा उत्प्रेरणा जगाउन उक्त म्याट वितरण गरिएको बताए ।

 

म्याट ओछ्याएपछि गाईलाई न्यानो हुने, बिरामी नहुने र भर्खर जन्मेका बाछाबाछी, पाडापाडीलाई चिसोबाट जोगाउने उनले बताए । बाँडिएका म्याटको प्रभावकारिता हेरेर थप वितरण गर्ने नगरपालिकाको योजना छ ।