close

व्यासले दियो मिर्गौला पीडितलाई डेढ लाख 

व्यासले दियो मिर्गौला पीडितलाई डेढ लाख 

Trulli
ADVERTISEMENT

तनहुँ–तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गौलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार रु एक लाख ४६ हजार ६३५ सहयोग गरिएको हो । 


    
चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उनका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो । व्यास नगरपालिका–५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठको रोहवरमा सङ्कलन गरेर ल्याइएको रकम थापाले पीडित परिवारलाई उपलब्ध गराएका हुन् ।  

 

सोही अवसरमा साउदी अरबबाट सङ्कलित रु ३० हजारसमेत पीडितलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । आर्थिक अवस्था कमजोरीका कारण मिर्गौला प्रत्यारोपण गर्न नसक्नुभएका थापा उपचारको खोजीमा भौँताररिँदै आएका छन् । 

 

चिकित्सकले रु १२ देखि १३ लाख उपचारमा खर्च लाग्ने जनाएको छन् । थापाका दुई छोरा छन् । अहिलेसम्म उपचार गर्दा रु। सात लाखभन्दा बढी रकम खर्च भइसकेको पीडित थापाले जानकारी दिए। हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने र एक पटकमा रु साढे सात हजार खर्च हुने उनले बताए । भारतमा २० वर्षसम्म सुपरभाइजरको पदमा काम गरेका थापा मिर्गौला फेल भएपछि नेपाल फर्किएका हुन् ।