close

'लेस पेपर'बाट 'पेपरलेस' बन्दै महालक्ष्मी नगरपालिका, प्रविधिबाटै घरनक्सा पास सुरु

'लेस पेपर'बाट 'पेपरलेस' बन्दै महालक्ष्मी नगरपालिका, प्रविधिबाटै घरनक्सा पास सुरु

Trulli
ADVERTISEMENT

ललितपुरको महालक्ष्मी नगरपालिकाले एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घरनक्सा पास प्रणालीको विकास गरेको छ । तयार भएको दुवै प्रणालीको आइतबार नगर प्रमुख रामेश्वर श्रेष्ठले पहिलोपटक लगईन गर्दै शाुभारम्भ गरेका छन् । 

 

नगरप्रमुख श्रेष्ठले सूचना प्रविधिको प्रयोगमार्फत नगरपालिकाबाट प्रदान गरिने सेवालाई थप सरल, सहज र व्यवस्थित गर्ने नगरपालिकाको नीति अनुरूप प्रणालीहरूको विकास गरिएको बताए ।

 

उनले नगरपालिकाको सेवा प्रवाह र अभिलेखिकरणलाई सोही अनुरूपका प्रणालीहरूको विकास र प्रयोग गर्दै लेस पेपर बाट सुरू गरी पेपरलेस सम्म पुर्याउने नगरपालिकाको लक्ष्य रहेको भन्दै प्रणालीको प्रयोगबारे अभिमुखीकरण र तालिम समेत प्रदान गरिने बताए । 

 

शुभारम्भ कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिव विक्रम राणा, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली,  वडा नं १, २, ३, ४, ६ र ९ का वडा अध्यक्ष र वडा सदस्यहरू, नगरपालिकाका शाखा प्रमुखहरू लागयतको उपस्थिती रहेको थियो

 

महालक्ष्मी नगरपालिकाले सन् २०१९ देखि बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनको आर्थिक सहयोगमा “नेपालमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी मापदण्डको नमूना कार्यान्वयन” परियोजना वातावरण र जनस्वास्थ्य संस्था ९एन्फो० तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा सञ्चालन गर्दै आएको छ ।