close

धनगढीका मेयर हमाललाई मयुरको झ्याल

धनगढीका मेयर हमाललाई मयुरको झ्याल

Trulli
ADVERTISEMENT

भक्तपुर । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भादगाउँले टोपी र मयुरको झ्यालले स्वागत गरेका छन् । 

भक्तपुरको विकास, फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यबारे बुझ्न नगरपालिका पुगेका मेयर हमाललाई स्वागत गर्दै प्रजापतिले भक्तपुरको बारेमा जानकारी गराएका थिए । 

जानकारी गराउने क्रममा विगत ४ वर्षदेखि स्रोतमै फोहोरको वर्गीकरण गरिँदै आएको र  हाल कुहिने फोहरबाट कम्पोष्ट मल निर्माण गरी किसानहरूलाई सस्तोमा बिक्रीसमेत सुरु गरिसकेको उनले बताए । साथै १०० शय्याको ख्वप अस्पतालमार्फत अन्तरंग सेवा सुरु गरिसकेको बताए ।  

यता धनगढीका मेयर हमालले वडा क्लिनिकको अवधारणाअनुसार गर्भवती महिलाहरूको लागि यसै आर्थिक वर्षदेखि विशेषज्ञसहित १९ वटै वडामा अल्ट्रासाउण्ड, इसीजी र ल्याब सुविधासहितको निःशुल्क स्वास्थ्य सेवा  सुरु गरेको बताए । 

साथै जनताको हितमा काम हुने गरी दुई स्थानीय तहबीच आपसी सहकार्य गरेर जानको लागि बाटो खुला रहने दुवै मेयरले बताएका भक्तपुर नगरपालिकाले जनाएको छ ।