close

कैलारी गाउँपालिकामा आज सार्वजनिक बिदा

कैलारी गाउँपालिकामा आज सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

कैलाली । कैलारी गाउँपालिका–७ का वडा सदस्य उमेशकुमार चौधरीको निधन भएको छ । गाउँ सभा सदस्यसमेत रहेका ४२ वर्षीय चौधरीको मृत्यु भएपछि  कैलारी गाउँपालिकामा शुक्रबार शोक बिदा गरिएको छ।

कैलारी गाउँपालिका–७ भुईयाँफाँटा निवासी उनको बिहीबार साँझ निधन भएको प्रहरीले जनाएको  । पसलमा बसेर कुराकानी गर्ने क्रममा एक्कासी अचेत भएर ढलेका थिए । वडा अध्यक्ष दीपेन्द्र बमका अनुसार वडा सदस्य चौधरी उच्च रक्तचापका बिरामी थिए ।