close

लिखुपिकेले दीर्घरोगीलाई मासिक पाँच हजार दिने

लिखुपिकेले दीर्घरोगीलाई मासिक पाँच हजार दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । साेलुखुम्बुको लिखुपिके गाउँपालिकाले दीर्घकालीन विरामीलाई मासिक ५ हजार उपलब्ध गराउने भएको छ । 

पालिका अध्यक्ष मीना कार्कीले लक्षित समूह समूहलाई आफ्नो वडामा सम्पर्क राख्न पनि अनुरोध गरेकी छन् । 

सामाजिक सञ्जालमार्फत् उनले भनेकी छन्,‘ मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका , क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत मासिक ५,०००/- (पाँच हजार मात्र ) खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि अनुसार प्रक्रिया अगाडि बढिसकेको हुनाले लक्षित समूहले आफ्नो वडा कार्यालयमा सम्पर्क राखेर डकुमेन्टहरु दर्ता गराउनु हाेला ।’