close

निर्वाचन खर्च विवरण पेश गर्न देवचुली नगरपालिकाको निर्देशन

निर्वाचन खर्च विवरण पेश गर्न देवचुली नगरपालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले उम्मेद्वारहरूलाई स्थानीय चुनावमा गरेको खर्चको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

आइतबार दोस्रो पटक सूचना जारी गरी नगरपालिकाले स्थानीय निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वारहरूलाई यस्तो निर्देशन दिएको हो ।  साथै, नगरले चुनावी नतिजा आएको ३० दिन भित्रमा खर्च विवरण किन नगरेको भनी प्रश्न गरेको छ ।

तोकिएको समयावधीमा खर्च विवरण नबुझाउँदा उम्मेदवारहरुलार्य निर्वाचन ऐन २०७३ को दफा २६ बमोजिम कार्बाही हुन सक्ने चेतावनी नगरपालिकाले दिएको छ ।