close

विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन

विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन

Trulli
ADVERTISEMENT

काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–४ राचुँलीस्थित नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ । तिलागुफा नगरपालिकाले ‘स्वास्थ्यसँग उपप्रमुख’ निःशुल्क शिविर आयोजना गरेको हो । 

नगरपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहयोगमा निःशुल्क विषेशज्ञ सेवा सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा नगपालिकाका नागरिकले सेवा लिन पाउने भएका छन् । शिविरबाट तिलागुफा नगरपालिकाका नागरिकले बालरोग, स्त्री रोग, दन्त सेवा, हाडजोर्नीलगायत विशेषज्ञ सेवा पाउने नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । 

‘हामीले विगतमा प्रतिष्ठान र नगरपालिकाबीच विषेशज्ञ सेवा सञ्चालन गर्ने सहमति गरेका छौँ,' उनले भने, ‘त्यही आधारमा विषेशज्ञ सेवा सुरु गरिएको हो ।’ शविर तिलागुफा नगरपालिकाको राचुँलीमा मात्र नभएर नगरभरि सञ्चालन गर्ने उपप्रमुख शाहीले बताए । 

‘स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यता हटाउन यो कदम चालेका हौँ,’ उनले भने । 

कर्णाली स्वास्थ्य प्रतिष्ठानले कर्णाली तथा आसपासका प्रदेशमा विषेशज्ञ सेवा दिने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए । 

उनका अनुसार स्थानीय तहले माग गरेका ठाउँमा तथा महामारी तथा अन्य रोग फैलिएको बेला प्रतिष्ठान आफैँ पनि सम्बन्धित ठाउँमा पुगेर सेवा दिने गरेको छ ।