close

कोहलपुर नगरपालिकाले पशु विमा गराउने

कोहलपुर नगरपालिकाले पशु विमा गराउने

Trulli
ADVERTISEMENT

काठमाडौं ।  बाँकेको कोहलपुर नगरपालिकाले अनुदानमा पशु विमा गराउने भएको छ । सोमबार सूचना जारी गरी  नगरपालिकाले जानकारी दिएको हो । 

कृषकले पालिरहेका बाख्रा, गाईं, भैंसी र बंगुरको पशु बिमामा अनुदान दिने निर्णय गरेको सो सूचनामा उल्लेख छ । 

अनुदानका लागि नागरिकताको प्रतिलिपि, बाख्रा, गाई, भैंसि र बंगुरको पशु बिमा गरेको कागजात र वडा कार्यालयको सिफारिसहित नगरपालिकाको पशु विभागमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।