close

मध्यपुर थिमि नगरपालिकाद्वारा जग्गाधनीपूर्जा वितरण

मध्यपुर थिमि नगरपालिकाद्वारा जग्गाधनीपूर्जा वितरण

Trulli
ADVERTISEMENT

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले स्थानीयबासीलाई जग्गाधनीपूर्जा वितरण गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयेजना गरी पालिका वडा नम्बर ५ र ७ का स्थानीयलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।

नगरपालिकाको पहलमा ५ सय १९ चान जग्गाधनी पुर्जा वितरण गरिएको पालिकाले जनाएको छ । नापी कार्यालयले नापजाँच गरी हाल साविक गरेर तयार गरिएको छ ।

जग्गाधनीले पूर्जा नपाएपछि स्थानीय वर्षोंदेखि समस्या भोग्दै आएको गुनासो आएपछि पालिकाको पहलमा पूर्जा वितरण गरेको पालिकाका नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए ।  उनले आगामी वर्षमा पनि सो कार्यक्रम निरन्तरता दिने बताए । 

नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जग्गाधनी पुर्जा नपाएपछि स्थानीय सुकुुम्बासी झैँ बस्दै आएको अब पूर्जा पाएपछि सहज हुने विश्वास व्यक्त गरे । उनले क्रमश: अरू वडामा पनि सो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।