close

कीर्तिपुरमा पनि अवैध संरचना भत्काउन सुरु

कीर्तिपुरमा पनि अवैध संरचना भत्काउन सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काएको छ। 

बिहीबार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काएको मेयर राजकुमार नकर्मीले जानकारी दिए। 

जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो।  

नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर लगाएर भत्काएको हो। 

‘हामीले तीन दिने सूचना जारी गरेका थियौं। तर सूचनाको अटेरी गरेपछि अवैध संरचना भत्काएका हौं,’ मेयर नकर्मीले भने, हामी अवैध संरचना भत्काउँछौं ।’