close

बुटवल उपमहानगरपालिकामा प्रतिपक्षको पनि छुट्टै कार्यकक्ष !

बुटवल उपमहानगरपालिकामा प्रतिपक्षको पनि छुट्टै कार्यकक्ष !

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकामा नेपालकै पहिलो प्रतिपक्षीको लागि कार्यकक्षको व्यवस्था गरिएको छ । 

स्थानीय तहको निर्वाचनका प्रतिद्वन्द्वीको कार्यकक्षको बनाई सहकार्य गर्ने र पूर्वमेयरहरूका लागि पनि छुट्टै कार्यकक्ष स्थापना गरिएको छ ।

संविधानले स्थानीय तहमा विपक्षीको व्यवस्था नगरे पनि यसको महत्त्व हुने भएकाले बुटवलमा कार्यकक्ष बनाउन सुरु गरिएको बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बताए । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १०० दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले कार्यकक्षको उद्घाटन गरेका छन् । 

बुटवललाई सबैको अपनत्व महशुस गराउने गरी राजनीतिक दल र नगरका पूर्वप्रमुख, उपप्रमुख, उपबिजेताहरुका सम्पर्क कक्ष स्थापना गरिएको उनले बताए । 

उनले सो कार्यकक्षको उपयोग गर्दै उपमहानगरको नेतृत्वलाई सल्लाह, सुझाव र कमजोरीसमेत औंल्याइदिन आग्रह गरे ।