close

गर्भवतीलाई  सुत्केरी  भत्ता

गर्भवतीलाई  सुत्केरी  भत्ता

Trulli
ADVERTISEMENT

आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि धनकुटाकाे छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत गरेको छ ।

 यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो । सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यस पटकदेखि नगद  नै दिइने भएको हो ।

गर्भवतीले आठ पटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि पहिलो किस्ता तीन हजार र दोस्रो किस्ता छ हजार गरी जम्मा नौ हजार रुपैयाँ पाउनेछन् । पालिकामा स्थायी बसोबास रहेका दोस्रो सन्तानसम्मका लागि यो सेवा दिइने पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले बताए ।

कार्यक्रमका लागि पालिकाले यस आवमा २२ लाख बजेट विनियोजन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी कार्यक्रमको सुरु गरेको पालिकाकी उपनध्यक्ष गीता गुरुङ (खेवा) ले जानकारी दिइन् । 

यस रकमले आर्थिक अवस्था कमजोर भएका महिलालाई आफ्नो र शिशुको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने पालिकाकाले जनाएको छ । कार्यविधि तयार गरेर गत साउनदेखि  कार्यक्रम कार्यान्वयन  गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए ।