close

कोन्ज्योसोममा निःशुल्क पशु स्वास्थ्य शिविर

कोन्ज्योसोममा निःशुल्क पशु स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

ललितपुर । कोन्ज्योसोम गाउँपालिकामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णमान लामाले पालिकाभित्रका स्वास्थ्यको सुरक्षाको लागि र स्थानीयलाई पशु पालन तथा कृषिमा आकर्षण गर्नको लागि कार्यक्रम सञ्चालन गरिएको बताए । उनले चालू आर्थिक वर्षको स्वीकृती कार्यक्रम अन्तर्गत रही शिविर सञ्चालन गरिएको सुनाए । 

उनका अनुसार कार्यक्रममा २४७ कृषकका १०३९ ठुला पशु, १३३४ साना पशु तथा ३२६ पन्छीहरुलाइ सेवा प्रदान गरिएको छ । साथै उक्त कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका शंखुमा व्यवसायीक रुपमा पशुपालन गर्ने १९ जना कृषकहरूलाई सम्मान गरिएको उनले सुनाए ।