close

पाँच सय रुपैयाँमै इन्डक्शन चुल्हो बाँड्दै वडा सरकार

पाँच सय रुपैयाँमै इन्डक्शन चुल्हो बाँड्दै वडा सरकार

Trulli
ADVERTISEMENT

ललितपुर। ललितपुर महानगरपालिका वडा नम्बर ३ ले वडावासीलाई आइतवारदेखि विद्युतीय इन्डक्शन चुल्हो बाँड्न सुरु गरेको छ ।

इन्डक्शन चुल्हो तीन दिनसम्म वितरण गरिने कार्यक्रम रहेको वडाध्यक्ष गोपाल महर्जनले बताए। झन्डै एक वर्षअघि वडा कार्यलयमा पाँच सय रुपैयाँसहित आवेदन दिने वडावासीलाई अहिले इन्डक्शन चुल्हो वितरण गरिएको हो । 

खाना पकाउन ग्यासभन्दा सस्तो र सजिलो हुने भएकाले इडक्शन चुल्होको प्रयोगमा वृद्धि गर्ने उद्देश्यसहित चुल्हो वितरण गरेको वडा कार्यालयको भनाइ छ ।