close

सुनकोसीको विद्यालय र सरकारी कार्यालयमा  विद्युतीय हाजिरी

सुनकोसीको विद्यालय र सरकारी कार्यालयमा  विद्युतीय हाजिरी

Trulli
ADVERTISEMENT

सिन्धुली ।  सुनकोसी गाउँपालिकाले सामुदाियक विद्यालय र कार्यालयमा  विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । गाउँपालिकाको सेवामा गुणस्तरीयता कायम गर्नका लागि विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो । 

विद्यालय  तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समय भन्दा अगाडि नै जाने गुनासो आएपछि गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले ‘फेस रिडएबल’ विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो । 

गाउँपालिका मातहतका विद्यालय र कार्यालयमा सुशासन र सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालय, १० स्वास्थ्य चौकी, सात वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गरी पहिलो चरणमा २९ कार्यालयमा मेसिन जडान गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

अर्को चरणमा  गाउँपालिकाभित्रका आधारभूत विद्यालयमासमेत यस्तो मेसिन जडान गरिने अध्यक्ष तिमिल्सिनाले बताए । स्थानीयबाट दैनिक रूपमा सङ्कलन भएको करलाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाले माघ महिनादेखि सातै वडा कार्यालय र गाउँपालिकामा  विद्युतीय   बिलिङप्रणाली जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए।