close

चन्द्रागिरीमा निःशुल्क रेविज विरुद्धको खोप र रगत

चन्द्रागिरीमा निःशुल्क रेविज विरुद्धको खोप र रगत

Trulli
ADVERTISEMENT

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले स्थानीय बासिन्दालाई निःशुल्क रेविजविरुद्धको खोप वितरण गर्ने भएको छ । नगरपालिकाले एक कार्यक्रमको समारोहमा स्थानीय बासिन्दालाई निःशुल्क रेविज खोप वितरण गर्ने जनाएको हो । 

नगर अस्पताल ‘चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोट’ बाट सो सेवा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगरप्रमुख घनश्याम गिरीका अनुसार नगरबासीको सुरक्षित स्वास्थ्यको लागि सो सेवा सञ्चालनमा ल्याएको हो । 

उनले नगरबासीको लागि निशुल्क रगतको व्यवस्थापन हुने बताए । आगामी  माघ १ गते देखि निःशुल्क रगत वितरण हुने उनको दावी छ । 
 ।