close

उपचारका लागि पालिकाकाे आर्थिक सहयोग

उपचारका लागि पालिकाकाे आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

तनहुँ। उपचारका लागि आर्थिक अभावमा समस्यामा परेकी तनहुँको आँबुखैरेनी गाउँपालिका निवासी मिनमाया थापालाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक सहयोगका साथै गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराएको छ ।

आर्थिक अभावमा उपचारमा कठिनाइ नहोस् भनेर गाउँपालिकाले बनाएको कार्यविधिअनुसार उनलाई उपचार खर्च प्रदान र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको हो । 

हेमोडायलासिसका साथै अन्य उपचार गर्नका लागि आर्थिक अभावमा छटपटाइरहेकी ती महिलालाई गाउँपालिकाले रु ५० हजार र अध्यक्ष शुक्र चुमानले व्यक्तिगतरूपमा रु १० हजार सहयोग गरेका छन्। यसका साथै गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवामार्फत उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्याएको गाउँपालिकाका स्वास्थ्य सहायक प्रमोद साहले बताए। ‘हिजो राति ८ बजे उहाँलाई लिएर अस्पतालमा भर्ना गराएर उपचार गरायौँ। उहाँको स्वास्थ्य अवस्था राम्रो भएको छ’, उनले भने। 

आर्थिक अभावमा उपचारबाट बञ्चित हुन नपरोस् भन्नका लागि गाउँपालिकाले विपन्नलाई सहयोग गर्दै आएको छ । ‘पैसा नभएर रोग लुकाउन बाध्य हुने, पैसा नभएर उपचार गर्नबाट बञ्चित हुनेलाई लक्षित गरी गाउँपालिकाले आर्थिक सहायता दिने नीति लिएको छ’, अध्यक्ष चुमानले सुनाए।