close

तथ्याङ्क सङ्कलन गर्दै पालिका

तथ्याङ्क सङ्कलन गर्दै पालिका

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चाेक। पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ ।

वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको उपस्थितमा वडा नं ६ स्यालेबाट डाटा सङ्कलनको काम सुरु गरिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा पाँचपोखरी थाङपाल–६ बाट डाटा सङ्कलन तथा डिजिटल घरधुरी नम्बर प्रदानकाे काम सुरु गरिएको वडाध्यक्ष भट्टराईले जानकारी दिए।