close

नागरिकलाई वडाबाटै सेवा

नागरिकलाई वडाबाटै सेवा

Trulli
ADVERTISEMENT

पाल्पा। स्थानीय सरकारको प्रत्याभूति दिन निस्दी गाउँपालिकाले वडा तहबाटै सेवा सुरु गरेको छ । पालिकाको सातवटै वडामा अहिले एकीकृत घुम्ती सेवा सञ्चालन गरी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाह भइरहेको छ । 

पालिकाले वडा वडामा पुगेर सबै प्रकारका सेवा दिने गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। कार्यालयको सेवासँगै नागरिकका गुनासा र सुझाव सम्बोधन गर्दै सहजरुपमा सेवा दिइरहेको छ ।

शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धित अभिमुखीकरण, ज्येष्ठ नागरिक सम्मान, गरिब घरपरिवार तथा अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता, औषधि वितरण, स्वास्थ्य परामर्शलगायतका सेवा प्रदान गरिरहेको छ ।