close

गाउँपालिकाको सहयोगमा रुकुमकोट हेलिप्याडमा बत्ती जडान

गाउँपालिकाको सहयोगमा रुकुमकोट हेलिप्याडमा बत्ती जडान

Trulli
ADVERTISEMENT

रुकुम । सिस्ने गाउँपालिकाले  बतासे डाँडामा हेलिप्याडमा सोलार बत्ती जडान गरिएको छ । गाउँपालिकाले वडा नम्बर ५ स्थित रुकुमकोट बस्तीमा  बत्ती जडान गरिएको हो । 

बत्ती जडान गरेसँगै रातिको समयमा पनि यहाँ सहजै हेलिकप्टर अवतरण गर्न सकिने भएपछि स्थानीय खुसी भएका छन्  ।  

यसअघि सिस्ने हेलिप्याडमा बत्ती अभावका कारण दिनमा मात्र हेलिकप्टर अवतरण गरिँदै आएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सङ्घीय सरकारको रू १० लाख लागतमा हेलिप्याड निर्माण गरिएको हो । बत्ती जडान भने  सिस्नेले आफ्नै लगानीमा गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए । 

नेपाली सेनाले निर्माण गरेको उक्त हेलिप्याडमा सेनाकै  प्राविधिक सहयोगमा बत्ती जडान गरिएको उनले बताए । गाउँपालिकाले बत्ती जडान गर्न रू दुई लाख २५ हजार खर्च गरेको छ । बत्ती जडानपछि शनिबार पालिकालाई हेलिप्याड हस्तान्तरण गरिएको निर्माणमा संलग्न नरसिंह दलगणका गणपति प्रमोदकुमार शर्माले जानकारी दिए । 

हेलिप्याडमा बत्ती जडानपछि अब गम्भीर बिरामी, सुत्केरीलगायतलाई रातिको समयमा पनि हेलिकप्टरमा उद्धार गर्न सकिने छ ।