close

भक्तपुर सरकारको १३ औँ नगरसभा जारी

भक्तपुर सरकारको १३ औँ नगरसभा जारी

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाको  तेह्रौं नगरसभाको बैठक भएको छ । नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा  बैठक बसेको हो । 


नगरसभामा  नगरको विकास निर्माण, कृषि, सहकारीलगायतको विषयमा छलफल भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए । उनका अनुसार सभाका सभासदहरुले पालिकाको सेवा कार्यबारे विभिन्न जिज्ञासा राखेका थिए । 
ती  जिज्ञासामाथि सहकारी समितिका संयोजक हरिप्रसाद बासुकला, कृषि समितिका संयोजक राजकृष्ण गोरा र निर्माण समितिका संयोजक उकेश कवांले स्पष्ट पारिएको उनले बताए । 
 

 नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिका (नगर कार्यपालिका तथा समिति)को बैठक सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ छलफलको लागि सभामा प्रस्तुत गरेका थिए।

 नगरसभाको अर्को बैठक फागुन २६ गते दिनको १ बजे बस्नेगरी आजको बैठक सकिएको जानकारी दिए ।