close

बालिका बचत खाता खोल्न विवरण माग

बालिका बचत खाता खोल्न विवरण माग

Trulli
ADVERTISEMENT

सोलुखुम्बु। नेचासल्यान गाउँपालिकाले बालिका बचत खाता खोल्न अनुरोध गरेको छ । गाउँपालिकाको बालिका बैंक खाता सञ्चालन कोष कार्यविधि, २०७९ अनुसार बालिकाहरुको बचत खाता पालिकाले खोल्न लागेको हो।

जसको लागि यहि जेठ १ गतेदेखि पुष मसान्तमा जन्मिएका बालिकाको नाममा खाता खोल्न फागुन मसान्तमा गाउँपालिकालाई आवश्यक विवरण पेश गर्न अनुरोध गरिएको छ । अन्य समयमा भने बालिका जन्मिएको तीन महिनाभित्र बैंकमा खाता खोल्न विवरण उपलब्ध गराईसक्नु पर्ने छ । 

पालिकाले बालिकाको नाममा नेपाल राष्ट्रिय वाणिज्य बैंक शाखा, नेचाविहिबारेमा खाता खोलि रु २ हजार जम्मा गरिदिने जनाइएको छ।