close

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ। सिरिजङ्घा गाउँपालिकाले गरिब परिवार पहिचान गरी  गरिब परिचयपत्र वितरण सुरु गरेको छ। पालिकाले गत सातादेखी परिचयपत्र वितरण सुरु गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार पालिकाका ८ वडामा परिचयपत्र वितरण गरिने छ । हालसम्म एक सय एक परिवार अति गरिब, एक सय ५५ परिवार मध्यम र एक सय ४४ परिवार सामान्य गरिब परिवारका रुपमा पहिचान भएका छन् ।

गाउँपालिका—४ तेल्लोकका गरिब पहिचान भएका घर परिवारलाई पहिलो चरणमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । अति गरिब परिवारले रातो, मध्यमले पहेँलो र सामान्यले निलो रङ्गको परिचयपत्र पाएका छन् । तेल्लोकपछि बाँकी ७ वडाहरूमा क्रमशः परिचयपत्र वितरण गरिने भएकोे छ । 

गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब भन्नाले नेपाल सरकारको निश्चित् मापदण्डअनुसार समय–समयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखामुनी रहेको, शिक्षा स्वास्थ्यजस्ता मानव विकास सूचकको आधारमा पिछडिएको र निश्चित लिङ्गगत तथा सामाजिक समूहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेका व्यक्ति वा समूहलाई जनाउँछ ।