close

मालारानीमा दिर्घरोगीहरुको लागी निशुल्क औषधी वितरण

मालारानीमा दिर्घरोगीहरुको लागी निशुल्क औषधी वितरण

Trulli
ADVERTISEMENT

अर्घाखाँची । मालारानी गाउँपालिकाले दिर्घरोगीहरुको लागी निशुल्क औषधी वितरण गर्न थालेको छ । गाउँपालिकाले घरदैलो कार्ययक्रमार्फत दीर्घ रोगीका विरामीलाई निःशुल्क औषधी वितरण गर्न थालेको हो । 

गाउँपालिकाका  अध्यक्ष दलबहादुर भट्टराईले पदवाहल गर्दा घोषणा गरेको कार्यक्रम अनुरुप औषधी वितरण गरेको जनाएका छन् । उनले  पालिका भित्र रहेका सुगर, प्रेसर र छारे रोगका बिरामिहरुलाई ९ वटै वडामा रहेका स्वास्थ्य संस्था मार्फत बितरणको कार्य सुरुवात गरिएको बताए । 

‘पछिल्लो समय दिर्घरोगका बिरामिहरु बढ्दै गएका छन । आर्थिक अबस्था कमजोर भएर औषधी किन्न पैसा नभएर झन समस्या नहोस भन्ने लाग्यो । निर्बाचित भए पछिको पहिलो निर्णय हो । कार्यन्वयन समेत भयो,'  उनले भने,  'संघ र प्रदेशको निर्बाचन , हाबाहुरी जन्य बिपतका र खरिद प्रक्रियका कारण केही ढिलो भयो । अब यो कार्यक्रम निरन्तर जान्छ । ’
  
पालिका भित्र अहिले सुगर , प्रेसर र छारे रोगका  दिर्घरोगीहरुको संख्या १ हजार ३ सय  ६० जना रहेको पालिकाका स्वास्थ्य शाखाका प्रमुख भबिश्वर खनालले बताए । ‘हामीले महिला स्वास्थ्य स्वमसेबिका मार्फत पालिका भित्रका प्रत्येक घर धुरी सर्वेक्षण गरेका छौँ । पालिका भित्र नियमित रुपमा सुगर , प्रेसर र छारे रोगको औषधी सेबन गर्नेको संख्या तेह्र सय साठि भएको पाएका छौँ,' उनले भने  ।

औषधिको कम्पोजिसनका आधारमा औषधी खरिद गरि वितरणको लागी वडाका स्वास्थ्य संस्थामा पठाएकाे उनले बताए । प्रत्येक महिनाको १० र २५ गते ९ वटै वडाका स्वास्थ्य संस्थाबाट दिर्घरोगीहरुको लागी औषधी वितरण गर्ने ब्यवस्था मिलाइएकाे उनले बताए ।