close

गढवामा तीन महिने नि:शुल्क कम्प्युटर तालिम

गढवामा तीन महिने नि:शुल्क कम्प्युटर तालिम

Trulli
ADVERTISEMENT

दाङ। गढवा गाउँपालिकाले तीन महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको छ। पालिकाको रोजगार सेवा केन्द्रले सञ्चालन गरेको कार्यक्रम बुधबार गाउँपालिकाको वडा नं २ स्थित पचहियामा उद्घाटन गरिएको हो।

गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास) को प्रमुख आतिथ्यमा तिन महिने नि:शुल्क कम्प्युटर तालिमको सुरुवात भएको छ ।

आर्थिक वर्ष २०७९/०८०को कार्यक्रम अनुसार वडा नम्बर २ मा तीन महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन भएको गढवा गाउँपालिका रोजगार शाखा प्रमुख अशोक कुमार यादवले जानकारी दिए।

तालिममा गढवा गाउँपालिकाका वडा १,२ र ३ का विद्यार्थी, शिक्षक, सहकारीका कर्मचारी, महिलालाई लक्षित गरेर सञ्चालन गरिएको हो। तालिममा २३ महिला ,१७ पुरुषको सहभागी रहेको पालिकाले जनाएको छ। जसमा ३ जना शारीरिक रुपमा अशक्त व्यक्ति समेत रहेका छन्।

गाउँपालिका अध्यक्ष पोख्रेलले दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन गुणस्तरीय शिक्षाका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताए। सिकेका कुरा तालिममा मात्रै सिमित नगरी व्यवाहारिक रुपमा कार्यान्वयन गर्न उनको आग्रह छ।