close

सन्धिखर्कद्धारा किसानलाई सामग्री वितरण

सन्धिखर्कद्धारा किसानलाई सामग्री वितरण

Trulli
ADVERTISEMENT

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषकलाई कृषि औजार वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी कृषकलाई डीप फ्रीज, विद्युतीय घास काट्ने मेसिन र भकारो सोहोर्ने हाईप्रेसर क्लीनर मेशिन वितरण गरेको हो।

 
नगरपालिकाका कृषकलाई कृषि कार्यमा सहज, आधुनिकीकरण र प्रविधीमैत्री बनाउन लागि सो सामग्री वितरण गरेको पालिकाका पशु सेवा शाखाका प्रमुख नारायण खनालले बताए । 

उनका अनुसार किसानको मागको आधारमा व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा डीप फ्रीज १९ वटा, विद्युतीय घास काट्ने मेशिन ७५ प्रतिशत अनुदानमा ९ वटा र भकारो सोहोर्ने हाईप्रेशर क्लीनर मेशिन ५० प्रतिशत अनुदानमा १८ वटा वितरण गरिएको हो ।