close

महानगरको वडा नम्बर ३० मा विद्युतीय प्रणालीबाट सेवा सुरु

महानगरको वडा नम्बर ३० मा विद्युतीय प्रणालीबाट सेवा सुरु

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा विद्युतीय प्रणालीबाट सेवा सुरु गरेको छ ।  एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई शिफारिसबाट वडा कार्यालयले सेवा सुरु गरेको हो । 

महानगरपालिकाको वडा नं १३ र ३२ मा प्रणाली सुरु भएपछि सबै वडाका शिफारिस विद्युतीय प्रणलीमा आवद्ध हुनेछन् । 

अहिलेसम्मको प्रगति अद्यावधिक गराउँदै सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भने, ‘सेवाग्राहीले प्रणाली चलाउन थालेपछि नतिजा आउने हो । यसैले अवको आवश्यकता भनेको लाभग्राहीलाई प्रणालीमा अभ्यस्त गराउनु हो ।’ यो प्रणालीमा इ—शिफारिस, दर्ता चलानी लगायत  सेवा छन् । 

प्रणालीमा पुग्न सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको लोगो भएको केएमसी मोवाइल एप डाउनलोड गरेर सञ्चालन गर्न सक्नुहुन्छ । मोवाइल एप्लिेकसनबाट प्राप्त विवरणका आधारमा विवरण रुजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको डकुमेन्ट सेवाग्राहीलाई प्राप्त हुन्छ ।