close

भूमेमा बिहीबार स्थानीय पर्व विदा

भूमेमा बिहीबार स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

रुकुम । भूमे गाउँपालिकाले बिहीबार स्थानीय पर्व विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी बिहीबार स्थानीय पर्व विदा दिएको जनाएको छ । 

सूचनाको अनुसार भुमे पुजाका लागि फूल टिप्ने तथा गाउँ टोल अनुसार फरक फरक दिनमा भूमे पुजा गर्ने प्रचलन रहेकोले बिहीबार विदा दिने निर्णय गरेको हो । गाउँपालिकाको कार्यपालिका बैठकले दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । 

सो दिन पालिका अन्तर्गतको कार्यपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।