close

विपन्न परिवारलाई हल्दीबारीको पक्की घर

विपन्न परिवारलाई हल्दीबारीको पक्की घर

Trulli
ADVERTISEMENT

झापा । हल्दीबारी गाउँपालिकाले विपन्न परिवारलाई घर वितरण गरेको छ । गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी आर्थिक रुपमा विपन्न परिवालाई घर वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाभित्रका विपन्न परिवालाई पक्की घर निर्माण गरी वितरण गरेको हो । पालिकाको कार्यक्रम अनुरुप प्रतिघर ४ लाख पचास हजार रुपैयाँ लगानीमा निर्मित साे घर वितरण गरेको गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी देवी मैनालीले बताइन् । 

उनका अनुसार सो कार्यक्रमको लागि गाउँपालिकाले ५८ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । आफ्नै जग्गा जमिन नभएका व्यक्तिलाई छनौट गरी गाउँपालिकाले घर वितरण गरेको उनले बताइन् ।

'आफ्नै जग्गा नभएर मजदुरी गरी कोठामा बसेर जिविकोपार्जन गर्दै आएका परिवारलाई घर वितरण गरेको हो,' उनले भने,  '१३ परिवारलाई घर वितरण गरेका छौँ । तर घरकाे पुर्जा वितरण गर्ने याेजना छैन ।'

उनका अनुसार वडा नम्बर २ स्थित जनता प्राथमिक विद्यालयको खाली जग्गामा गाउँपालिकाले घर निर्माण गरेको हो । सो घरमा सम्बन्धित व्यक्तिले आजिवन बस्न सक्ने उनले पालिका खबरलाई बताइन् । 

गाउँपालिकाले निर्माण गरेको घरमा बिजुली बत्तीको जडान, खानेपानीको जडान तथा शौचालयका निर्माण गरेको छ । सो घरमा बसेसँगै बालबच्चा बढाउन र जिविकोपार्जन गर्न सहयोग पुग्ने विश्वास गाउँपालिकाको छ ।