close

शनिबार पनि राजस्व संकलन गर्दै गोकर्णेश्वर

शनिबार पनि राजस्व संकलन गर्दै गोकर्णेश्वर

Trulli
ADVERTISEMENT

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक विदाको दिनमा पनि राजस्व संकलन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै शनिबार विदाको दिन पनि राजस्व संकलन गर्ने जनाएको हो । 

सूचनाको अनुसार आर्थिक वर्ष २०७९ र ०८० को सेवाग्राही  तथा करदाताहरुले नियमानुसार नगरपालिकालाई बुझाउनु पर्ने कर र सेवा शुल्क शनिबार राजस्व संकलन गर्न लागेको हो । 

सम्बन्धित व्यक्तिले शनिबार वडा कार्यालयमा गएर राजस्व बुझाउन सकिने सो सूचनामा उल्लेख गरिएको छ ।