close

पोखराका सडकमा सुनौलो धुपी

पोखराका सडकमा सुनौलो धुपी

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने नयाँ सडकको दायाँबायाँ सुनौलो धुपीको बिरुवा रोपिएको छ । महानगरका प्रमुख धनराज आचार्यको उपस्थितिमा एकै किसिमको सदाबहार बिरुवा सुनौलो धुपी रोपिएको हो । 

वडाको नयाँ सडक क्षेत्रलाई नमुना क्षेत्रका रूपमा विकसित गर्न गुरुयोजना तयार गरी विभिन्न कार्यहरू अघि सारिएको वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताए । उनका अनुसार सोही योजना अनुरूप नयाँ सडक सुधार समितिको आयोजनामा सडकको दायाँबायाँ एकै किसिमको २० वटा सुनौलो धुपी रोपिएको हो । 

महानगरका विभिन्न क्षेत्रहरूमा यस्तै प्रकारका वृक्षारोपण अभियानहरू मार्फत हरियाली प्रवर्द्धन गरिने प्रमुख आचार्यले बताए। भविष्यको पोखरा ग्रिन पोखरा क्लिन पोखरा हुने उनको भनाई छ । पोखराका सम्भावित क्षेत्रहरूमा उपयुक्त जातका बिरुवाहरू रोप्ने योजनामा रहेको महानगरले वन विज्ञान अध्ययन संस्थानसँग आवश्यक समन्वय गरिएको उनले बताए ।

वडा नम्बर ८ र ९ मा पर्ने नयाँ सडकमा सौन्दर्यीकरणका लागि ४६ वटा साना चौतारी निर्माण गरिएका छन् भने, वडा नम्बर ८ को आर्थिक सहयोगबाट बाँकी ठाउँमा चौतारी निर्माण गर्ने योजना बनाइएको छ ।