close

भूकम्प अपडेट : मृतकका परिवारलाई आठबीसकोटका २५ हजार सहयाेग

भूकम्प अपडेट : मृतकका परिवारलाई आठबीसकोटका २५ हजार सहयाेग

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - आठबिसकोट नगरपालिकाले भूकम्पमा परी मृत्यु भएकाको परिवारलाई किरिया खर्च दिने भएको छ । नगरपालिकामा धेरै मानवीय क्षति भएपछि नगरपालिकाले किरिया खर्च दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 

तत्कालका लागि मृतकका परिवारलाई २५ हजार रुपैयाँका दरले किरिया खर्च उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उपप्रमुख धनकुमारी शाहीको संयोजकमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति निर्माण गरिएको नगरप्रमुख केसीले जानकारी दिए । नगरपालिकामा मानवीय र भौतिक संरचनामा क्षति पुगेकाले दातृ निकाय, सङ्घसंस्थालाई सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ । 

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परी ४२ जनाको मृत्यु भएको छ भने सात जनाको प्रादेशिक अस्पताल सुर्खेत र ९५ जनाको नगर अस्पताल राडीम उपचार भइरहेको नगरप्रमुख केसीले जानकारी दिए । पहिलो चरणको उद्धार सकिए पनि आजबाट भने राहत वितरणको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।