close

कुमाल महिलालाई माटो र जग्गा दिँदै रंगेली

कुमाल महिलालाई माटो र जग्गा दिँदै रंगेली

Trulli
ADVERTISEMENT

मोरङ– रंगेली नगरपालिकाले माटोको भाँडा बनाएर जीविकोपार्जन गर्ने महिलाहरुलाई जग्गा उपलब्ध गराउने भएको छ । भाँडा बनाउन माटोको अभाव भएकाले  नगरपालिकाले जग्गा खरिद गर्न लागेको हो । 

कुमाल महिलाको प्रयोजनमा आउने गरी नपरपालिकाले जग्गा खरिद गर्ने प्रकृयामा रहेको उपप्रमुख भुमा पराजुलीले बताइन् । उनको अनुसार सो जग्गा नगरपालिकाको नाममा रहने छ भने महिलाहरुलाई भाँडा बनाउन आवश्यक माटोको प्रयोग गर्न दिइने छ ।  

उपप्रमुख पराजुलीले पालिकाखबरसँग भनिन्, ‘माटोको भाँडा बनाउने महिलाहरुको पेशामा सहयोग पुर्‍याउन काम भइरहेको छ। गत आर्थिक वर्षमा हामीले माटोको भाँडा बनाउने विद्युतीय मोटर वितरण गरेका थियौँ ।’ ४८ हजार रुपैयाँ बरबारको सो मोटर १२ घरपरिवारमा वितरण गरिएको उनले बताइन् । मोटरको प्रयोग गरेर भाँडा बनाउन थालेपछि उनीहरुको भाँडाको व्यवसायमा  सहयोग पुगेको उनले सुनाइन् ।