close

प्रतिनिधिसभा विघटनको विपक्षमा उत्रिए महोत्तरीका सबै जनप्रतिनिधि

प्रतिनिधिसभा विघटनको विपक्षमा उत्रिए महोत्तरीका सबै जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको स्थानीय तहका प्रमुख र अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएका छन्  ।


बर्दिबास नगरपालिका नगरप्रमुख बिदुर कार्की, गौशाला नगरपालिकाका सिवनाथ महतो, भङगाहा नगरपालिकाका सन्जिब साह, सम्सी गाउपालिकाका अध्यक्ष सेख फारुक, मनरासिस्वा नगरपालिकाका सन्जय कुमार सिंहसहितका जनप्रतिधिनिधिहरुले जनआन्दोलनको उपलब्धीलाई ध्वस्त बनाउन लागेको भन्दै विज्ञप्ति मार्फत विरोध गरेका छन् ।


जनताका न्युनतम अपेक्षाहरु पूरा नहुदै संसद विघटन हुनुलाई उनीहरुले ‘कू’ को संज्ञा दिएका छन् ।  विरोध गर्नेमा सत्तारुढ नेकपा समिर्थत जनप्रतिनिधिको बाहुल्य छ ।

सवै पालिकाका जनप्रतिनिधिहरुले संसद बिघटनको असंवैधानिक कदम फिर्ता नगरे आन्दोलनको स्वरुपलाइ फराकिलो बनाउने घोषणा गरेका छन् ।


संसद विघटनको निर्णय अलोकतान्त्रिक, सविधानको बिरुद्ध, जनआन्दोलनको अपहेलना र दम्भको पराकाष्ठा  भएको भन्दै उनीहरु आक्रोसित भएका हुन् ।