close

 एमाले कार्यालयमा ओली र नेपाल खेमाका बेग्लाबेग्लै बोर्ड 

 एमाले कार्यालयमा ओली र नेपाल खेमाका बेग्लाबेग्लै बोर्ड 

Trulli
ADVERTISEMENT

मुगु– मुगुमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको साइन बोर्ड र कार्यालय स्थापना सहमतिमै गरिए पनि प्रधानमन्त्री केपी ओली पक्षधर र नेता माधवकुमार नेपाल समर्थक एमालेकै नेता–कार्यकर्ता जोडिन सकेका छैनन् । 

 

सर्वोच्च अदालतको फैसलासँगै एमाले र नेकपा माओवादी केन्द्र ब्युँँतिएपछि एमाले जिल्ला कमिटी मुगुले दुवै पक्षको सहमतिमा कार्यालय स्थापना साइन बोर्ड सहमतिमा राखे पनि एउटै पार्टीका कार्यकर्ता नमिलेका हुन् ।

 

मुगुमा माधव खेमाका अध्यक्ष धर्मबहादुर शाही र सचिव जितबहादुर मल्ल २ पार्टी एउटै हुनुअघि एमाले अध्यक्ष र सचिव थिए । ओली समर्थक डम्बर रावल नेकपा विवादपछि उक्त कार्यालय सञ्चालन कमिटीका संयोजक भएका थिए । 

 

सर्वोच्चको फैसलासँगै ३ वर्षपछि एमाले ब्युँतिएपछि दुवै पक्षको सहमतिमा मनमोहन प्रतिष्ठान भवन गमगढीमा एमालेको पार्टी कार्यालय स्थापना र साइन बोर्ड दुवै पक्षको सहमतिमा जिल्ला अध्यक्ष शाहीको नेतृत्वमा खडा गरिएको हो ।

 

ओली समर्थक नेता-कार्यकर्ता भने संयोजक रावलको नेतृत्वमा साइन बोर्ड राखिएको दाबी गर्छन् । एमाले ब्युँतिएपछि पार्टी केन्द्रीय सकुर्लरअनुसार संयोजक रावलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको साइन बोर्ड टाँसिएको र कार्यालय स्थापना गरिएको ओली समर्थक केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य दानसिंह परियारले बताए । 

 

कार्यालय स्थापना र साईन बोर्ड राख्न माधव समर्थकको संलग्नता भए-नभएको विषयमा उनले को आए, को आएनन् भन्नुभन्दा पनि कार्यालय सञ्चालन कमिटीका संयोजक रावलको नेतृत्वमा (एमाले कार्यालय स्थापना र नेकपा एमाले लेखिएको साइन बोर्ड राखिएको बताए ।

 

नेकपा बन्नुअघि एमालेका सचिव रहेका जितबहादुर मल्लका अनुसार मंगलबार अध्यक्ष शाहीको नेतृत्वमा दुवै पक्षको सहमतिमा कार्यालय स्थापना र बोर्ड राखिएकोे दाबी गर्छन् । 

 

उनका अनुसार बाहिर कसले के बोले भन्दा पनि सहमतिमै आधिकारिक नेकपा एमाले अध्यक्ष शाहीको नेतृत्वमा नेता÷कार्यकर्ताको अगुवाइ र केन्द्रीय सर्कुलरअनुसार एमालेको स्थापना र साइन बोर्ड राखिएको सचिव मल्लले बताए ।

 

माओवादी केन्द्रसँग गठजोड गरेको माधव नेपाल समर्थकबारे सोधिएको प्रश्नमा सचिव मल्लले अदालतको फैसलापछि सबै एमाले भएको र केन्द्रीय सर्कुलरअनुसार अघि बढ्ने जानकारी दिए ।