काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आगामी फागुन महिनाभित्रैमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा नेताहरुलाई आगामी फागुनभित्रै चुनाव हुने भन्दै उनले तयारीमा जुट्न निर्देशन दिएका छन् ।
स्थायी कमिटीको गठन र कर्णालीमा पार्टी ह्वीप विपरित नेकपा माओबादी केनद्रका मुख्यमन्त्रीलाई मत दिने आफ्ना चार प्रदेश सांसदलाई कारवाही गर्न बसेको बैठकमा ओलीले निर्वाचनबारे मुख खोलेका हुन् ।
संघीय प्रतिनिधिसभा विघटन गरी निर्वाचन जाने निर्णय गरेका ओलीले स्थानीय तहको निर्वाचनको मितिबारे मुख खोलेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएपछि ओलीले स्थानीय तहको तयारीमा लाग्न भनेका हुन् ।
यसैवीच, एमालेले राष्ट्रियसभामा रिक्त पदमा हुन लागेको निर्वाचनमा एमाले नेता राम बहादुर थापा (बादल)लाई उमेदवार बनाउने निर्णय गरेको छ । आज बसेको महाधिवेशन आयोजक समिति बैठकबाट यस्तो निर्णय भएको हो ।