काठमाडौं- प्रधानमन्त्री केपी ओलीको आग्रहपछि सांसद पदवाट राजीनामा दिने अडानबाट नेकपाको माधव नेपाल पक्षधर नेताहरुपछि हटेका छन् ।
विहानै सिंहदरवारमा राजीनामा दिन भन्दै भेला भएका सांसदहरु ओलीको गिना सिग्नल पाएपछि आज एक बजे संसदमा हुने मतदानमा अनुपस्थित हुने भन्दै बाहिरिएका छन् ।
ओलीले दोस्रो तहका नेतामार्फत सम्वाद गरौं भनेपछि राजीनामा दिने निर्णयवाट पछि हट्दै एक बजेसम्म कुर्ने निष्कर्षमा नेपाल खेमा पुगेको हो ।
ओलीले मध्यमार्गी बाटोबाट अघि वढौं भनेपछि बिहान नों बजेसम्मका लागि दिएको अल्टिमेटम अव १२ बजेसम्मलाई सरेको छ ।
ओलीले १२ जेभित्र माग सम्वोधनमा लचकता देखाए मतदानमा सहभागी भएर ओलीका पक्षमा मतदान गर्ने नत्र अनुपस्थित हुने माधव नेपाल पक्षका नेताहरुको निर्णय छ ।